चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख र उप-प्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा विएमले उम्मेदवारी दिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजासहित नेता कार्यकर्ता र शुभचिन्तक सहित सोमबार निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा उहाँहरुले उम्मेदवारी दर्ता गराउँनुभएको हो ।
नगर प्रमुखका उम्मेदवार पुष्प बादिको समर्थकमा बिरेन्द्र बिएम र प्रस्तावकमा सुन्दर शर्मा रहनुभएको छ । त्यसैगरी उप प्रमुख ईश्वरी शर्मा बिएमले ध्रुव बुढाथोकीको समर्थन र मनसरा मल्ल शर्माको प्रस्ताबमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कर्णाली प्रदेशका अरु ८ जिल्लामा गठबन्धन गर्ने भनिएपनि यहाँ भने गठबन्धनको कुनै निर्णय भएको छैन । त्यसैले माओवादीले मात्रै उम्मेवादरी दर्ता गरेको छ । त्यसपछि कांग्रेस, एमाले र समाजवादीले उम्मेदवारी दिने गरी निर्वाचन अधिकृतको कार्यालय चौरजहारीले जनाएको छ ।










