नेपाली कांग्रेस रुकुम पश्चिम क्षेत्र नं २ का पूर्व सभापति दौलत विष्टले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मा प्रवेश गर्नु भएको छ।उहाँले आज एक कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मा प्रवेश गर्नु भएको हो। उहाँलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य विशाल शर्माले खादा ओढाएर पार्टीमा स्वागत गर्नु भएको थियो।उहाँ करिब ३० वर्ष देखि हाल सम्म नेपाली कांग्रेसमा क्रियाशिल हुन हुन्थियो।

उहाँले पार्टी प्रवेश गर्ने क्रममा भन्नु भयो ‘ विगत ३० वर्ष देखि क्रियाशील सदस्य हुँदै पार्टी काे सभापति सम्म भए तर नेपाली कांग्रेस बाट परिवर्तन संभब देखिन त्यसैले पार्टी प्रवेश गर्न बाध्य भएको हु ‘।देश बिकाश माओवादी केन्द्र बाट मात्र संभब रहेको र माओवादी केन्द्र काे राजनीतिक सिद्धान्त राम्रो भएको ले माओवादी केन्द्र मा प्रवेश गरेकाे उहाँले बताउनु भयो।