नेपाल सरकारका दुई जना मन्त्रीले जिल्लाका विकासे योजनाको अनुगमन गर्नुभएको छ । सोमबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुषाल र अर्थ मन्त्री जनार्दन शर्माले मुसीकोट, आठबीसकोट र चौरजहारी नगरपालिकामा भइरहेका विकास निर्माणका योजनाको अनुगमन गर्नुभएको हो । सो अवसरमा नगरपालिकाले ५ वर्षमा गरेका प्रगतिका बारेमा पनि मन्त्रीहरुले जानकारी लिनुभएको छ ।

 

टोलिले चौरजहारी नगरपालिकाको ११ नम्बर वडाको चौफा स्थित विभिन्न उद्योगको अनुगमन गरिएको थियो । गार्मेन्ट उद्योग, दाना उद्योग, कापी उद्योग र बीउ प्रशोधन उद्योगको अनुगमन  गरेको छ ।

उद्योगको अनुगमनपछि नगरप्रमुख विशाल शर्माले नगरपालिकाले गरेको विभिन्न गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । ५ वर्षे कार्यकालमा नगरपालिकाले गरेका विकास निर्माण, लिएका नीति तथा समस्याका बारेमा नगरप्रमुख शर्माले जानकारी गराउनुभएको थियो । सबैतिरको विकास निर्माण र जनप्रतिनिधिको प्रस्तुती सुनेपछि उर्जा,जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुषालले रुकुमले जनयुद्ध, जनआन्दोलनमा त्याग मात्रै नगरेर विकास निर्माणमा पनि नमूना काम गरेको बताउनुभयो ।

सडक, खानेपानी, सिचाई र विद्युत विकासका मुख्य खम्बा भएको भन्दै मन्त्री भुषालले यसको व्यवस्थापनका लागि पहल गर्ने नेतृत्व गर्ने उर्जा मन्त्री जनार्दन शर्मालाई धन्यवाद दिनुभयो । जनयुद्ध लडेर आएका कमाण्डरहरुले नेतृत्व गरेको रुकुम पश्चिमको स्थानीय सरकारले जनयुद्धकै शैलीमा विकास निर्माण र सामाजिक रुपान्तरणमा काम गरिरहेको आफूले पाएको मन्त्री भुषालले बताउनुभयो ।

अनुगमनका क्रममा आएको समस्या तथा माग सम्बोधनमा उर्जा र अर्थ मन्त्रालय सकारात्मक रहेको भन्दै उहाँले सकेसम्म माग सम्बोधन हुने आश्वासन दिनुभएको छ । रुकुम पश्चिममा भइरहेका विकासको अवलोकनका लागि अन्यत्रबाट आउनुपर्ने जस्तो गरी नमूना कामभएकोप्रति उहाँले जिल्ला स्थित सम्पूर्ण जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो । अर्थ मन्त्री शर्माले भइरहेको विकासको स्थायीत्वका लागि अब फेरि निर्वाचनमा जिताउन सबैलाई आग्रह गर्नुभएको छ । ‘विकासको आधारशिला खडा भएको छ, अब त्यसलाई दिगो र स्थायित्व दिने दायित्व हामी सबैको हो यसैले यसैलाई ख्याल गरेर मतदान गर्नुहोला,’ अर्थमन्त्री शर्माले भन्नुभयो ।

टोलीमा कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री गोपाल शर्मा, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युत विकास समितिका सदस्य कपिल आचार्य, विश्व बैंका नेपाल डाइरेक्टर फारिस, प्रतिनिधि डेविट तथा अमेरिकाका लागि नेपालका पूर्व राजदुत डाक्टर अर्जुन कार्की सहभागि हुनुहुन्थ्यो । #कखराको सहयोगमा