शक्ति बारघरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बिद्युत सेवा अबरुद्ध हुने भएको छ ।
नगरपालिकाको वडा नम्बर १ को नाखिरादेखी वडा नम्बर २ को त्रिवेणि सम्मको बाटोमा परेका पोलहरुलाइ व्यवस्थापन गर्ने भएकोले उक्त लाइन अबरुद्ध हुने भएको हो
बाटोमा अव्यवस्थित बिद्युतका पोलहरुलाइ व्यवस्थित बनाउनको लागि आज बिहान ८ बजेदेखी बेलुका ६ बजेसम्म चौरजहारी नगरपालिकामा बिधुत सेवा अबरुद्ध हुने नेपाल बिधुत प्राधिकरण चौरजहारी बितरण केन्द्रले जानकारी गराएको छ ।
त्यस्तै नेपाल बिधुत प्राधिकरण चौरजहारीले बिधुत महशुल नबुझाएका बिधुत सेवा ग्राहकहरुको बिद्युत प्रशारण लाइन काटिदिने चेतावनी समेत दिएको छ ।
बिधुत महशुल तिर्न बाकी बक्यौता रहेका सरकारी कार्यालय देखि सामान्य ग्राहक सम्मका कुनै पनि ग्राहकहरुले ३ महिना देखि महशुल नतिरेकोले बिद्युत प्रशारण लाई काटिदिने प्राधिकरणले चेतावनी दिएको हो ।
प्राय नगरपालिका भित्र रहेका सरकारी कार्यलयले बिगत ३ महिनादेखि बिद्युतको महशुल नतिरेको र भोलीदेखि नै बिद्युत प्रशारण लाइन काट्ने अभियान शुरु गर्ने नेपाल बिधुत प्राधिकरण युनिट कार्यालयका चौरजहारीका प्रमुख दल बहादुर घर्तिले बताउनु भयो ।









