राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा  जिल्लाभरमा सानिभेरी गाउपालिका पहिलो भएको छ । आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी ६९ दशमलव ३१ अङ्क ल्याएर जिल्लाको  पहिलो  भएको हो ।

संविधानको धारा २५१ को उपधारा ९१० को खण्ड (ख) बमोजिम संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान, आर्थिक वर्ष २०७९र०८० मा प्राप्त गर्न प्रदेश तथा स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ ले निर्धारण गरेका १७ वटा सूचकको आधारमा गरिएको मुल्याङ्कनमा सानीभेरी गाउँपालिका रुकुम पश्चिम जिल्लाकै पहिलो पालिका बनेको हो ।

 

त्यस्तै ६८ दशमलव १७ अंक ल्याएर चौरजहारी नगरपालिका दोस्रो भएको छ ।  बाँफीकोट गाउँपालिका ६३ दशमलव ५० मुसिकोट नगरपालिका ५६ दशमलव ४४,त्रिवेणी गाउँपालिका ५४ दशमलव ५० र आठबिसकोट नगरपालिकाले सबैभन्दा कम ५२ दशमलव ९२ अंक प्राप्त गरेर अन्तिम स्थानमा रहेको छ ।

 

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न १७ वटा सूचक तय गरिएको थियो ।