योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीएल) चौरजहारी नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । चौरजहारी नगरपालिका ३, मा भएको प्रथम सम्मेलनले ७५ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको छ । नगर कमिटीको अध्यक्षमा एलबी कटुवाल चयन हुनु भएको छ । उपाध्यक्षमा रेशम केसी, राजु सुनार, मोहन कवर, सचिवमा भिमबहादुर खत्री, सह सचिव विकास विक, ऋषिकेश खनाल, सरोज बटाला, सन्देश रोकाय, अनिल मगर, कमल सुनार, सुस्मिता विष्ट र कोषाध्यक्षमा गीता ओली चयन भएका छन् ।

सम्मेलनले समृद्धिको अभियानमा वाइसीएल सहभागि हुने, रचनात्मक कार्यक्रमहरु खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनमा ‘एक वुथ एक सय युथ’ नारा दिएर खटिने लगायतका निर्णय पारीत गरेको छ । माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला एवं योजना मन्त्री गोपाल शर्माको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको विशेष अतिथिमा वाइसीएलका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सह संयोजक शैलेश शर्मा हुनुहुन्थ्याे । यसैगरी नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य विशाल शर्मा, विरेन्द्र बुढा, राधा रोका, पुष्प वादी लगायतको आतिथ्यता रहेको थियो ।
साथै कार्यक्रममा नेपाली काङ्ग्रेसको भातृ संगठन तरुणदलका जिल्ला सदस्य लोकेन्द्र डि.सी र तरुणदल चौरजहारी नगर सदस्य समीर के. सीले नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छ्न । काग्रेश भित्र फोहोरी र पैशाको राजनीति हुनेगरेकाले आफुले पाटी परित्याग गरेको डिसिले प्रतिक्रिया दिएका छ्न ।
#कखराबाट









