रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ६ सय मिटर पाईप उपलब्ध गराएको छ । चौरजहारी नगरपालिका वडा नम्बर २ को रुकुमे गाउँ, टाटाटोलमा विस्तार गरेको पाइप लाइनमा समस्या आएपछि नगरपालिकाले उक्त पाईप उपलब्ध गराएको हो ।

 

टोलमा खानेपानी आयोजनाले विस्तार गरेको पाइप लाइन बाट कुनै धारामा पानी जाने र कुनै धारामा पानी नजाने समस्या आएपछि विज्यश्वरी चौरजहारी सुख्खा खानेपानी संस्थाले खानेपानी निर्माण कन्ट्रक्सन सिएवि र कर्णाली प्रदेश खानेपानी विभागसंग पाईपको माग गरे पनि माग पुरा नभएपछि नगरपालिकाले ६ सय मिटर पाईप उपलब्ध गराएको खानेपानी संस्थाका अध्यक्ष तेज बहादुर बटालाले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र चौरजहारी नगर कमिटी सचीव वीर बहादुर राना र खानेपानी प्राबिधिक बालाराम नेपाली लगायतको पहलमा उक्त पाईप नगरपालिकाले उपलब्ध गराईदिएको अध्यक्ष बटालाले बताउनुभयो ।
नगरपालिकाले पाईप उपलब्ध गराएसंगै पाईपलाईन बिस्तारको काम सुरु भएको छ ।