अनेरास्ववियू क्रान्तिकारी चौरजहारी नगर कमिटीले सहिद सप्ताह मनाएको छ । आइतबार चौरजहारीमा नगर कमिटीले विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाएको जनाइएको छ ।

संगठनको जिल्ला कमिटी तेस्रो पुर्ण बैठकले गरेको निर्णय सङ्गै आइतबार नगरकमिटीले वक्तृत्वकला प्रतियोगिता र कविता प्रतियोगिता सन्चालन गरेर सहिद सप्ताह मनाएको बताइएको छ ।

वक्तृत्वकला प्रतियोगितामा सुधा शर्माले प्रथम, शुक्रराज शर्माले दोस्रो, दर्शना भन्डारिले तेस्रो र विरेन्द्र केसि र पुर्णिामा बिष्टले सान्त्वना स्थान हासिल गरेका छन । यस्तै कविता प्रतियोगितामा गोबिन्दमणी पौडेलले प्रथम, सुरज ओलिले दोस्रो, बिबेक आचार्यले तेस्रो र वर्षिका भन्डारीले सान्त्वना स्थान हासिल गरेको अध्यक्ष निर्मल केसिले जानकारी दिनुभयो ।

कार्यक्रममा संगठनका कर्णाली प्रदेश कमिटी अध्यक्ष राजेन्द्र बुढाको प्रमुख आतिथ्यता र पार्टी नेता इन्द्रलाल शर्माको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै अनेरास्ववियूक्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा, सुर्खेत जिल्ला समिति अध्यक्ष जगत शाही, जिल्ला समिति अध्यक्ष नारायण केसी लगायत पार्टीका नेताहरुको पनिआतिथ्यता रहेको थियो । संगठनका नगर समिति अध्यक्ष निर्मल केसिको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन सचिव अमृत आचार्यले गर्नुभएको थियो ।#मुलपाटिबाटसाभार