रुकुम पश्चिमको चौरजहारीमा आज वाट २ महिने दक्ष प्रसूतिकर्मि तालिम सुरु भएको छ ।
नर्सिगं कर्मचारीहरुका लागि मानव विकास तथा सामुदायिक सेवा अन्तरगत चौरजहारी अस्पतालको सभाहलमा उक्त तालिम सुरु भएको हो ।
युनाईटेड स्टेट एजेन्सि ईन्टरनेशनल डेभलव्मेन्टको सहयोग र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मानव संसाधन विकास केन्द्रको आयोजनामा तालिम सुरु गरिएको संसाधन विकास केन्द्रका प्रमुख एकराज चन्दले जानकारी दिनुभयो ।
तालिम सामान्य प्रसूतिमा सहयोग, जटिल समस्याहरुको समयमै, निदान व्यवस्थापन र समयमा नै प्रेषण गर्ने विषयमा केन्द्रित रहने वताईएको छ ।
त्यस्तै समग्र मातृ तथा नवजात शिशुको स्वास्थ्य सूदृढ गर्ने मातृ नवजात शिशु मृत्युदर न्युनिकरणमा सहयोग पुरयाउने उदेश्य राखिएको सुष्मा घर्तिले जानकारी दिनुभयो ।
सल्याल जिल्लाको दार्मागाउँपालिका र कुमाख गाउँपालिका त्यस्तै रुकुम पश्चिमको सानीभेरी, त्रिवेणी र चौरजहारी नगरपालिका वाट १।१ जनाको प्रतिनिधित्व हुने गरी ६ जना प्रशिक्षार्थिहरुको सहभागीता रहेको छ ।
उदघाटन समारोहमा चौरजहारी अस्पतालका मेडिकल डाईरेक्टर कालेव वुढा अस्पताल प्रशासक डिल वहादुर गिरी सहायक प्रशासक पूर्ण वहादुर थापा नर्सिगं ईन्चार्ज यमुना शर्मा लगाएतको सहभागिता रहेको थियो ।
तामिको सहजिकरण दिक्षा गौतम, लक्ष्मी मल्ल, यमुना शर्मा लगाएतका नर्सहरुले गर्ने आयोजकले वताएको छ ।