नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल रुकुम पश्चिम चौरजहारीको सम्मेलन फागुन २० गते हुने भएको छ ।

 

सम्मेलनका लागि फागुन ७ गते देखि १४ गतेसम्म सबै वडाका भेला, बैठक र प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

 

नगर समितिको बैठकले सम्मेलनको मिति तय गरेको वाईसीएल नेपाल चौरजहारीका संयोजक एल.बी कुटवालले जानकारी दिए । साथै एमसीसी बिरुद्ध संघर्ष गर्ने पनि निर्णय भएको कुटवालले बताए।

 

बैठकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य विशाल शर्माको प्रमुख आतिथ्यतामा बैठक बसेको थियाे

साथै बैठकमा कर्णाली प्रदेश सदस्य राधा रोका, माओवादी केन्द्र चौरजहारी नगर कमिटि उपाध्यक्ष सुदास स्वर्णकार, वाईसीएलका नगर कमिटी इन्चार्ज लालबहादुर बिष्टले प्रशिक्षण तथा मन्तव्य राख्नुभएको थियो ।