रुकुम पश्चिमको चौरजहारी नगरपालिका नम्बर १२ को मलामेडाडा स्वारा,दोभानखोला हुँदै रातापोखरा सडक खण्डको काम संचालनमा आएको छ ।

अबको दुई महिना भित्र सडक निर्माणको काम सप्पन्न गरिसक्ने उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर डाङ्गिले बताउनुभयो । मलामेडाडा स्वारा,दोभान खोला रातापोखरा सडक खण्ड बिस्तारको लागि आर्थिक बर्ष २०७८/०८९ मा कर्णाली प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको थियो ।

भौगोलिक विकटताका कारण स्वारा देखि खन्ना सुरु गरिएको उक्त सडक ४० लाख बजेटले रातापोखरासम्म जोडिने सम्भावना कम भयको वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम ओलिले बताउनु भयो ।

यदि उक्त बजेट अपुग भएको खण्डमा थप बजेटको लागि नगर सरकार तथा प्रदेश सरकार सङ्ग पहल गर्ने अध्यक्ष ओलिको भनाइ छ ।
सडक जोडिए पछि गाउँमा उत्पादित तरकारी तथा फलफुल निर्यात गर्न र आवश्यक पर्ने खाद्यान्न आयात गर्ने सहज हुने स्थानीयले बताएका छन ।

यो सडक खण्ड जोडिए पछि चौरजहारी नगरपालिकाको खोलागाउँ देखि सानी भेरी गाउपालिकाको चाइनाबगर सम्म जान सहज र छिटो हुने स्थानिय दिपक डाङ्गीले बताउनु भयो ।