रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सन्चालित भएकाे ५ दिने उद्योषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

प्रेस सेन्टर नेपाल चौरजहरी नगर कमिटिको आयोजना र चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो । चाैरजहारी नगरपालिका काे वडानं २ मा रहेको गाैतम हाेटल काे सभाहलमा संन्चालन भएकाे तालिमको उद्घाटन कर्णाली प्रदेशका पुर्ब आर्थिक मामिला तथा याेजना मन्त्री गाेपाल शर्मा अनल ले गर्नुभएको थियोे ।

 

एक वडा एक पत्रकार उत्पादन गर्ने उदेश्यले सन्चालन गरिएको तालिममा प्रत्येक वडाबाट ३५ जना प्रशिक्षार्थी को सहभागिता रहेकाे थियो । समितिका अध्यक्ष तिलक ओलीको अध्यक्षतामा उद्घाटन भएको तालिममा कर्णाली प्रदेशका पुर्ब आर्थिक तथा याेजना मन्त्री गाेपाल प्रशाद शर्मा अनलको प्रमुख आतिथ्यता रहेको थियो ।

 

त्यस्तै विशेष अथितिमा चाैरजहारी नगर प्रमुख विशाल ,शर्मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष श्रीकृष्ण शर्मा,माओबादी चाैरजहारी नगर उपाध्यक्ष तथा चाैरजहारी शितल क्याम्पसका अध्यक्ष खुम ब खड्का, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति संयोजक हरी गौतम, नेपाल पत्रकार महासंघ रुकुमका उपाध्यक्ष तथा रेडियो आफ्नो एफएमका प्रबन्ध निर्देशक गोपाल रेग्मी लगाएको उपसथिती रहेको थियो ।

 

पाँच दिनसम्म चलेको उक्त तालिममा प्रशिकहरूले, उद्घाेषण,समाचार लेखन ,समाचार वाचन र समाचारमा भाषालेखनका विषयमा प्रशिक्षण दिनुभएको थियोे । समापन कार्यक्रममा तालिमका सम्पूर्ण सहभागीरूलाई तालिम सफलताको शुभकामना सहित प्रमाणपत्र प्रदान गरीएकाे थियो ।