रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माध्यमिक तह स्तरीय लोक दोहोरी प्रतियोगिता कार्यक्रम स्थगित भएको छ

भोलि शुक्रबार देखि हुने भनिएको लोक तथा दोहोरी गित प्रतियोगिता कार्यक्रम सम्भावित कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभए सम्मको लागि स्थगित गरिएको चौरजहारी नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिका बहुक्षेत्रिय पोषण योजनाको आयोजनामा बाल बिबाह न्यूनीकरणका लागि  विद्यार्थीको भुमिका बिषयमा उक्त लोक दोहोरी गित प्रतियोगिता हिमालय माद्यामिक बिद्यालय खोलागाउ हुने भनिएको थियो ।

चौरजहारी नगरपालिका अन्तर्गत संचालित सबै माध्यमिक बिद्यालयमा अध्यनरत छात्रछात्रा ३/३ जना गरी दुई समुहमा अनिवार्य रुपमा सहभागिता जनाउनु पर्ने चौरजहारी नगरपालिका शिक्षा शाखाका प्रमुख टिकाजङ्ग ओलिको हस्ताक्षरित सूचनामा उल्लेख गरिएको थियो तर सम्भाबित कोरोना भाइरसको जोखिम बढे संगै उक्त प्रतियोगिता स्थगित गरिएको चौरजहारी शिक्षा शाखाले जनाएको छ
रुकुम पश्चिममा हिजो मात्रै बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम बढेको भन्दै सबै प्रकारका मेला, सभा, जुलुस, सम्मेलन प्रर्दशन, जात्रा, महोत्सव संचालनमा रोक लगाएको छ

माघ ७ गते देखि सार्वजनिक स्थल, होटल, रंगशाला, प्रबेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा, हवाई यात्रा गर्दा अनिवार्य खोप कार्ड देखाउन आग्रह गरिएको छ । कोरोनाको जोखिम बढ्दै गए पछि जिल्लामा आयोजित बिभिन्न खेलकुद तथा मनोरञ्जन कार्यक्रमहरु स्थगित हुन थालेका छन् ।