नेपाल बिद्युत प्राधिकरण चौरजहारी युनिट कार्यलयका इन्जार्ज दल घर्तिले उच्च पदस्थ कर्मचारीहरुले बिद्युत बिस्तार कार्यमा बेवास्ता गरेको बताउनु भएको छ ।
आफ्नो फेस्बुक वालमा स्टाट्स लेख्दै नेपाल बिद्युत प्राधिकरणका उच्च पदस्थ कर्मचारी तथा सम्बन्धित सरोकारवाला डिसिएस जाजरकोटमा रुकुम जिल्ला अँध्यारो नहोस भनि बारम्बार ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेको बताउनु भएको छ ।
जाजरकोट जिल्ला भेरी नगरपालिकामा कुदु सबस्टेसनमा दुइवटा बेक्रर बिक्रेको चार महिना हुदा पनि मर्मत कार्यमा पदस्थ कर्मचारी र डिसिएस जाजरकोटले बेवास्ता गरेको र अहिले जगतिपुरको फिडरमा ट्यापिङ गरेर बैकल्पिक रूपमा बिद्युत सेवालाइ बिस्तार गरिएको उहाले बताउनु भयो ।
उल्खित ब्रेकर बनाउनको लागि नेपाल बिधुत प्राधिकरणका उच्च पदस्थ कर्मचारी तथा सम्बन्धित सरोकारवाला DCS जाजरकोटमा बार बार ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरेको कारण हिजो सुर्खेतका २६बर्षिय पदम बस्नेत कुदु सबस्टेसनमा चौरजहारी फिडर निर्माण गर्ने क्रममा घाइते भएका छ्न
अझै यसैगरी बिद्युत बिस्तार कार्यमा बेवास्ता गरेमा धेरै ठुलो मानवीय मूल्य चुकाउनु पर्ने र त्यसको मार तल्लो स्तरको कर्मचारीले ब्यहोर्नुपर्ने बाध्यात्मक बिडम्बना भएको नेपाल बिधुत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र युनिट कार्यालय चौरजहारीले जानकारी दिएको छ ।









