रुकुम पश्चिमको चौरजहारीमा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.९० थोप्लो ४ मेगाहर्ज पाँचौ वर्ष पुरागरी छैर्ठौ वर्षमा प्रवेश गरेको छ । चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.आजकै दिन स्थापना भएको थियो ।

रेडियोले पाँचौं वार्षिक उत्सवको अवसरमा अस्पतालमा भर्ना भएका ५० जना विरामीहरुलाई फलफुल वितरण गरेको छ । विभिन्न प्रकृतिका समस्या भएर चौरजहारी अस्पतालको वार्डमा भर्नाभई उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरीएको रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मीले जानकारी दिनुभयो ।
अस्पतालको वार्डमा भर्ना भएर उपचार गराई रहेका विरामीहरुलाई स्याउ, केरा,सुन्तला,र वोईल अण्डा वितरण गरिएको छ ।
६ जना शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई वार्षिक उत्सवको अवसरमा वलांकेट वितरण गरिएको छ । वलांकेट प्राप्त गर्नेहरुमा चौरजहारी नगरपालिका वडा नम्वर १ कि मौसमी सुनार, वडा नम्वर ७ का प्रकास सुनार, सोही वडाका प्रेम शर्मा, वडा नम्वर ६ का मंगल वोहोरा, वडा नम्वर १० कि गंगा राणा, र सोही वडाका विरेन्द्र वि.क. रहेका छन ।

उनीहरुलाई घरमै पुगेर वलांकेट हस्तान्तरण गरिएको हो । मानव विकास तथा सामुदायिक सेवा रेडियो प्रसारण विभागका संयोजक विजय माननधरको उपस्थिति तथा चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरी,मेडिकल डाईरेक्टर डाक्टर कालेव वुढा, नेपाल प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको कोषाध्यक्ष एबम CBR प्रतिनिधि सन्देश जैसी लगाएतको उपस्थितिमा फलफुल वितरण गरिएको थियो ।१ सय वाट क्षमता रहेको रेडियो आफनो एफ.एम.को प्रसारण ईन्टरनेटको माध्याम वाट www.radioafnofmrukum.com र हाम्रो पात्रो मार्फत संसारभर रेडियोको प्रसारण पहुच रहेको छ । रेडियोले वार्षिक उत्सवको अवसरमा स्थानीय सरकार, राजनितिक दल विज्ञापनदाता तथा आम स्रोताहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।