दाङ पुस २२/ अखिल(क्रान्तिकारी)दाङ जिल्ला उपाध्यक्ष तथा राप्ती इन्जिनियरिङ क्याम्पस ईकाई वरिष्ठ उपाध्यक्ष डिभाइड शर्मा(सुबम)ले राप्ती इन्जिनियरिङ क्याम्पस उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

उनले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । क्याम्पसमा लामो समयसम्म पदमा कार्यकुसलता का साथ सङ्गठन मजबुत राखेको र आफू जिल्ला उपाध्यक्षमा निर्वाचित भैसकेको कारण एउटै बेक्ती दुई दुई पदमा बस्न नसुहाउने र पार्टीको एजेन्डारत एक पद एक ब्यक्ति लागू आफै देखि सुरु गर्ने र सङ्गठन लाई आफ्नो कार्यनीतिगत जिल्ला ब्यापी बढाउने भन्दै राजीनामा दिएको शर्माले उल्लेख गरेका छन् ।

 

‘स्वाभाविकै रुपमा म क्याम्पसको बिद्यार्थी हुँदै गर्दाखेरी इकाई उपाध्यक्ष थिय तर जिल्लामा निर्वाचित भैसके पश्चात् एउटै पदमा दुई वा दुई भन्दा बढी कमिटीमा बस्ने नैतिकता मलाई हुँदैन’ शर्माले राजीनामा उल्लेख गरेका छन् ‘यसर्थ सङ्गठनको राजनीति भित्रको एजेन्डा ,पुस्तानतरण,कार्यनीति,कार्यभार हस्तान्तरण, ईमानदारीता, प्रस्तुत गर्दै मैले राजीनामा दिने निर्णय गरेको छु ।’

 

उनले आफ्नो राजीनामालाई माओवादी(केन्द्र) भित्र उठेको पुस्तान्तरणको बहसको पालना गरेको समेत उल्लेख गरेका छन् । आफू लामो समय सम्म देखि रुकुम देखि दाङमा आउदा सम्म इकाई कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी, जिल्ला पदाधिकारी बनेर बसिरहँदा पछिल्लो ‘जेनेरेसन’ को पदमा बसेर जिम्मेवारी बहन गर्ने अपेक्षा कुण्ठित बनेको र त्यहि जेनेरेशनको अपेक्षा पुरा गर्नु संगठन भित्रको आफ्नो इमानदारीताको दायित्व भएको पनि शर्माले उल्लेख गरेका छन् ।

 

राप्ती इन्जिनियरिङ क्याम्पस कमिटी उपाध्यक्ष पद बाट राजीनामा दिए पनि आफू निरन्तर क्याम्पस को र नयाँ बन्ने कमिटीको अबिभाबकत्तो,संरक्षक र जिल्ला ब्यापी रुपमै माओवादी (केन्द्र) निकट अखिल(क्रान्तिकारी)को सकृय राजनीतिमै रहेको पनि उनले उल्लेख गरेका छन्