रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा व्यवसायीक तालिम सुरु भएको छ । मानव विकास तथा सामुदायिक सेवा अन्तरगत सरसफाइ तथा जिबिकोपार्जन प्रबर्द्धन परियोजनाको आयोजना र चौरजहारी नगरपालिका वडा नम्वर १० र सिबिआरको को समन्वयमा जीविको पार्जनका लागी व्यवसायमुलक तालिम सुरु भएको हो ।
नगरपालिकाको वडा नम्वर १० मा वसोवास गर्ने आमा समुह स्वास्थ्य आमा र अपांगता भएका परिवारहरुका लागी आधारभुत तहको ३ दिने तालिम सुरु भएको आयोजकले वताएको छ ।
समुहमा आवद्ध सदस्यहरु लाई लक्षित गरी ३ दिने मौसमी तथा वेमौसमी तकारी खेती र पशुपालन सम्वन्धि तालिमको आईतवार औपचारीक रुपमा उदघाटन गरी संचालनमा ल्याईएको छ ।
तालिम उदघाटन समारोहमा वोल्दै अतिथिहरुले नगरपालिकाले लिएको आत्मनिर्भर एकतावद्ध र समृद्ध नगरको निर्माण ,चौरजहारी नगरवासीको पहिचान भन्ने मुलनाराकोमर्म अनुरुप तालिमले सार्थकता दिने कुरामा आफु विश्वस्त रहेको वताउनु भयो ।उक्त कार्यक्रममा बोल्दै परियोजना अधिकृत आशिष आचार्यले यो कार्यक्रम चौरजहारी नगरपालिकाको वार्ड न ४,५,६,७ र१० न वर्डामा संचालन गरिएको र यस्लाई दिगो रुपमा सन्चालनमा राखने कुरामा आफू बिस्वस्त रहेको आचार्यले बताउनुभएको छ ।

शिक्षा ,स्वास्थ्य,सरसफाई,र व्यवसाय संग समुदायलाई जोडि नगरले लिएको लक्ष्य हासिल गर्न आयोजकले खेलेको भुमिका प्रति प्रसंसा गर्दै अतिथीहरुले आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रम लाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो
कार्यक्रममा चौरजहारी नगरपालिका वर्डा न १० का जनप्रतिनिधि , नेपाल कमन्युष्ट पाटी माओवादी केन्द्रका नगरकमिटी कोषाध्यक्ष अमरसिंह के.सि, पशु सेवा कार्यालयका प्रमुख एवम प्रशिक्षक गणेश वुढा आयोजकको तर्फ वाट परियोजना अधिकृत आशिष आचार्य , कृषिजेटिए बिक्रम बुढामगर लगाएतका अतिथीहरुको सहभागीता रहेको थियो ।

मौसमी तथा वेमौसमी तरकारी खेति र पशुपालनमा गरी ८०जना सहभागीता रहेको तालिम आगामी पौष २०गते सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रमको सन्चालन HDCS-आशा बालबिकास सेवा सिबिआर सहजकर्ता सन्देश जैसिले गरेका थिए ।