रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गाउँ स्तरीय योजना तर्जुमा गोष्ठी तथा बाह्य अनुसन्धान स्थलको उदघाटन कार्यक्रम सम्पन्न भएको छ। कृषि अनुसन्धान निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा चौरजहारी नगरपालिकको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती एवम् नगर उपप्रमुख राधा रोकाले कृषि निर्देशनालयको कार्यक्रम कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा सुरु भएको र चौरजहारी नगरपालिकामा दलन, तेलन, तरकारी खेती र खाध्यन्न बाली धान गहु मकै को बीउ उत्पादन , पसुपाल्न गरिनुका साथै चौरजहारी नगरपालिका मा खाध्य भण्डार को रुप बिकास गर्ने नगर उपप्रमुख ले बताइन ।
उक्त कार्यक्रममा ३ नम्बरका वडाअध्यक्ष्य लाल बहादुर बुढाले कृषि बिकास कार्यालय रुकुम पश्चिम र चौरजहारी नगरपालिकाले कृषिसम्बन्धि बीउ बिजन बितरण गरेपनी किसानको प्राबिधिक ज्ञान् नभएको र कृषि अनुसन्धान निर्देशनालयले यसमा उल्लेखनीय भुमिका खेल्ने कुरामा आफू विस्वस्त भएको बताए ।
कार्यक्रममा कृषि अनुसन्धान निदेशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक एबम बैज्ञानिक एस ३, को अध्यक्षता रहेको कार्यक्रममा २ न. का वडा अध्यक्ष केशब केसि, चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुङ्गगेल, कृषक अगुवा : तेजबहादुर बटाला, प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका कोषाध्यक्ष सन्देश जैसी को सहभागिता रहेको कार्यक्रमको संचालन प्राबिधिक अधिकृत केशब पोखरेलले गर्नुभएको थियो ।









