चौरजहारी नगरपालिका वडा नं. ३ स्यालखोला निवासी तेजबहादुर बटालाले विद्यालयमा अक्षकोष स्थापना गरेका गर्नुभएको छ । चौरजहारी सुख्खा खानेपानी सस्थाका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा चौरजहारीका सभापति रहेका बटालाले वडा नम्बर ३ मा रहेको जनज्योति आधारभूत विद्यालय स्यालखोलामा ५० हजार राशी रहेको अक्षकोष स्थापना गर्नुभएको हो । बुवा भद्र बहादुर बटालाको सम्झना छोराहरु तेजबहादुर बटाला, समाजसेवी तुलाराम बटाला र चार छोरिहरुले उक्त अक्षकोष स्थापनाको गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र)वडा नम्बर ३ ले १३औं दिनको स्मृतिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बटाला परिवारले उक्त राशी बराबरको चेक बिध्यालयका प्रधान्नाध्यापकलाई हस्तान्तरण गरेको हो ।
नगरपालिकाले लिएको टिनका छाना मुक्त बिध्यालय संगै शिक्षामा गरेको सुधारको चर्चा गर्दै छोरा तेजबहादुरले भन्नू भयो हाम्रो यो सानोसहयोगले केही सहयोग होस भन्ने लागेको छ । उहाले अगाडि भन्नू भयो जस्को कार्यबिधी बनाई अगाडि बढनेछौ यद्यपि यस्ले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्य जेहेन्दार विद्यार्थीलाई पढाइमा सहयोग पु¥याउने उद्देश्य र अन्य सहयोगको लागि अक्षकोष स्थापना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख विशाल शर्माले दिबङगत भद्र बहादुर बटालाको सामाजिक, पारिवारिक र साँस्कृतिक योगदानले समाज रुपान्तरणमा महत्वपुर्ण देन रहेको चर्चा गर्नुभयो । प्रगतिशील सोच र सहि सस्कार अबलम्बन गर्ने कुराले समाजमा सकारात्मक सामाजिक रुपान्तरण गर्न सघाउ पुर्याउने र यस्तो सस्कार अबलम्बन गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
स्वर्गीय बटालाको गएको १० गते निधन भएको थियो ।










