मालिका न्युज, ०९ मंसिर-रुकुम/ रुकुम पश्चिममा लेखा समूह गठन गरिएको छ । आर्थिक प्रशासन संग सम्वन्धित उक्त समूह गठन गरिएको हो ।

कोष नियन्त्रक अशोक कुमार रानाको अध्यक्षतामा आज कोष तथा लेखा नियन्त्रक कार्यालय मुसिकोटमा बसेको भेलाले मुसिकोट नगरपालिकामा कार्यरत नरेन्द्र बिस्टको अध्यक्षतामा ७ सदस्य रहेको नयाँ कमिटी गठन गरेको हो ।

उक्त समुहको उपाध्यक्षमा याम बहादुर पुन(प्रदेश लेखा ईकाइ), सचिबमा कमला शर्मा(को.ले.नि.का) र कोषाध्यक्षमा अनिल के.सि.( चौरजहारी नगरपालिका) चयन हुनुभएको छ । समुहको सदस्यमा कबिन्द्र पुन (सानिभेरी गाउँपालिका), लक्षिराम थापा(जि.प्र.का) र ईश्वर खडका (आठबिसकोट नगरपालिका) रहनु भएको छ ।

लामो समय निष्क्रिय रहेको समुहलाई कृयाशिल बनाउदै आर्थिक प्रशासनसंग जोडिएका समस्या सामुहिक रुपमा हल गर्ने र समुहलाई थय कृयाशिल बनाउदै अगाडि बढाउने समुहका कोषाध्यक्ष अनिल के.सिले जानकारी दिनुभयो ।