संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सूचना प्रविधि क्षमताको लेखाजोखाको मुल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिबेदन अनुसार रुकुम पश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको छ ।

देशभर रहेका कुल ७५३ वटा स्थानीय तहहरुमध्ये विवरण पठाएका ४३४ वटा स्थानीय तहहरुको (सात वटा सूचक) जनशक्ति व्यवस्थापनको अवस्था, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, वेबसाईट व्यवस्थापन, डिजिटल साक्षरताको अवस्था, सूचना प्रविधि सम्वन्धी नीतिगत व्यवस्था, सूचना प्रविधिसंग सम्वन्धित पूर्वाधारको अवस्था र सूचना प्रविधिमा संस्थागत क्षमताको अवस्था गरि ७ वटा क्षेत्रका ५० वटा सुचकाङ्गहरुका आधारमा स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको लेखाजोखा प्रतिवेदन मन्त्रालयले सार्वजनिक हो ।

८० अंक सहित चौरजहारी नगरपालिका ४३४ वटा स्थानीय तहहरुमध्ये पहिलो बन्न सफल भएको छ । बैतडीको पंचेश्वरी गाउँपालिका सबै भन्दा कम अंक १९ ल्याउदै पछाडी रहेको छ ।