मालिका न्युज-रुकुम/मंसिर ०७
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले दोस्रो पालिका सम्मेलनको तयारी पुरा भएको जनाएको छ । मंसिर १० र ११ गते हुने पालिका सम्मेलनको लगभग सबै काम अन्तिम चरणमा पुगेको नेकपा माओबादी (केन्द्र)जिल्ला समन्वय समिती रुकुम पश्चिमले जनाएको हो ।
नेकपा माओबादी केन्द्रका संगठन बिभाग प्रमुख एवम् अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले सबै पालिकामा पुगेर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
मंसिर १० गते चौरजहारी, सानिभेरी र त्रिवेणीमा पालिका स्तरिय सम्मेलन र ११ गते मुसीकोट, आठबीसकोट र बाफिकोटमा पालिका स्तरीय सम्मेलनगर्ने नेकपा माओबादी (केन्द्र)जिल्ला समन्वय समिती रुकुम पश्चिमको मंसिर ५ गते बसेको बैठकले निर्णय गरेको थियो । सोहि अनुसार पालिका सम्मेलनको तयारी भएको छ ।

प्रभाकर चौरजहारीमा आउने
अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर) रुकुम पश्चिमको चौरजहारी आउनु हुने भएको छ । आउदो मंसिर १० गते शुक्रबार चौरजहारीमा आयोजना हुने दोस्रो नगर सम्मेलन उद्घाटनका लागि मन्त्री शर्मा चौरजहारी आउन लागेको नेकपा माओबादी केन्द्र रुकुम पश्चिमका जिल्ला सदस्य एवं दोस्रो नगर सम्मेलन आयोजक समितिका प्रचार प्रसार विभाग संयोजक खुम बहादुर खड्काले जानकारी दिनु भयो ।
चौरजहारी नगरपालिका वडा नं. ७ नार्जी बजारमा सम्मेलनको मन्त्री शर्माले उद्घाटन गर्नुहुने छ ।नेकपा माओबादी केन्द्रले दोस्रो नगर सम्मेलन र जनभेटघाट कार्यक्रममा सहभागिभै भव्यताका साथ सफल पार्न कार्यकर्ता, आमसर्वसाधारणमा सबैलाई हार्दिक अपिल गरेको छ ।
नेपाल सरकारको अर्थमन्त्री नियुक्त भैसकेपछि मन्त्री शर्मा पहिलो जिल्ला आउन लाग्नु भएको हो ।










