रगत अभाब भएर छटपटाई रहेकी एक बृद्ध आमालाई अस्पतालमा कार्यरत स्टापले रगतदान गरेर ज्यान बचाएका छन ।

लामो समय सम्म हड्डीको संक्रमण भएर स्वास्थ्य अवस्था कमजोर भएकी रुकुम पश्चिम  सानिभेरी गाउँपालिका ४ कि  ६५  बर्षकि नैनी नकाललाई अस्पतालमा कार्यरत स्टापले रगतदान गरेका हुन ।

जिल्ला ब्लड बैंक नभएको र अन्य ब्यक्तिहरु पनि रगतदान गर्न तयार नभएपछि अस्पतालमा कार्यरत क्यासिएर जीवन रेग्मिले ओ. पोजिटिभ रगत दान गरेका हुन ।

यसअघि पनि जटिल र सुत्केरीको समस्याको बेला रगतको अभाब हुने बिरामीहरुलाई अस्पतालका कर्मचारी तथा सुरक्षा निकायका ब्यक्तिहरुले रगत दान गरेर बिरामीहरुको ज्यान बचाउदै आएका थिए ।