पश्चिम दाङमा भएको जिप दुर्घटना परी गम्भिर घाईते भएकी एक महिलालाई काठमाण्डौ लगीएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएकी दंगीशरण गाउँपालिका वडा नम्वर २ बस्ने ३० बर्षिया पार्वती वलीलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ सल्यानको कालीमाटीबाट तुलसीपुर तर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो ।









