सल्यान र दाङको सिमानामा जिप दुर्घटना भएको छ । सल्यानको कालिमाटी गाउँपालिका –३ कालिमाटीबाट दाङको तुलसीपुर जाँदै गरेको भे १ त ५२२ न जिप दाङ बबई गाउँपालिका – २ सोमबार बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका – ३ का गाडीमालिक देव बहादुर सुनार भएको इलाका प्रहरी कार्यालय खिलकपुरले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय खिलकपुरका प्रहरी निरिक्षक नविन चुदालीले जानकारी दिए ।

दुर्घटनामा परि घाईते हुनेमा दाङ दंगिशरन गाउँपालिका –२ निवासी २१ वर्षीया पिमा ओली, बबई गाउँपालिका – २ निवासी २३ बर्षीया पबित्रा ओली निजको ३ वर्षीय छोरा बिज्रेस ओली, ३२ वर्षीया कमला बस्नेत, निजको छोरा १० वर्षीय प्रसान्त खत्री, शान्तिनगर गाउँपालिका –४ निवासी ३५ वर्षीया खली ओली, तुलसिपुर उपमहानगरपालिका निवासी २८ वर्षीया सोभा बुढाथोकी, नीजको ७ वर्षीय छोरा लोकेन्द्र बुढाथोकी रहेका छन् ।

यस्तै  कालीमाटी गाउँपालिका ३ की बर्ष २८ की रीता खत्री, ३९ का रेशम बुढाथोकी, १८ का खेमराज बुढाथोकी, बर्ष ५ का प्रसान्त राना , १७ वर्षीया सपना ओली, राप्ती सोनारी गाउँपालिका ९ की बर्ष ३५ की पबित्रा बुढाथोकी, ३० वर्षीया पिमा खत्री, बाँके कोहलपुर नगरपालिका –४ की  ३२ वर्षीया दीपा ओली, १५ की संगिता बुढाथोकी, ८ की अपेक्षा बुढाथोकी, बर्दिया बाँसघारीकी बर्ष २८ की सुशिला राना रहेका छन ।

गम्भिर घाईते भएकी पिमा खत्री, पार्बती ओली र प्रसान्त खत्री लगायत अन्य घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिप चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनको भनाई छ ।