सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए  ।  घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।