सल्यानमा यात्रुबाहक बस दुर्घटना भएको छ। आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।
बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो। अहिले प्रहरी टोली उद्दारका लागि घटनास्थल गइरहेको बताइएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।









