इन्द्र बुढाथोकी, कात्तिक १०,सल्यान । 
सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार बिहान सल्यान मर्मपरिकाँडाबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९३० न जिप कुमाख गाउँपालिका २ धावनखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिप चालक सल्यान बनगाड कुपिण्डे नगरपालिका –४ का २४ वर्षीय लाल बहादुर बुढा, गाडी धनी कुमाख गाउँपालिका –२ का ३३ वर्षीय पूर्ण बहादुर बुढा, कुमाख गाउँपालिका – १ का २९ वर्षीय विशाल वि.क, शोही ठाउँका ३० वर्षीय इन्द्र बहादुर चन्द रहेका छन् । यस्तै कुमाख गाउँपालिका –२ का ३६ वर्षीय बुद्धि थापा, शोही ठाउँका २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन, बनगाड कुपिण्डे नगरपालिका – ४ का २९ वर्षीय पिपर बुढा रहेका छन् ।

सिद्ध कुमाख गाउँपालिका –४ का २१ को दिल बहादुर चलाउने, उनको श्रीमती २० वर्षीया दुर्गा चलाउने, २ वर्षीया छोरा प्रशान्त चलाउने र कैलाली लम्कीचुहा नगरपालिका – का २८ वर्षीय देव बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

दुर्घटनामा परी लोकमाया, दुर्गा र बृद्धिको अवस्था गम्भीर रहेको उनीलाई नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।  अन्यको सामान्य घाइतेको सल्लीबजारमा उपचार भइरहेको छ ।
जिप सडकबाट झन्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।