रुकुम पश्चिमको चौरजहारिमा शुक्रवारदेखी खाद्यान्न बितरण कार्य सुरु भएको छ । मानव बिकास तथा सामुदायिक सेवा अन्तरगत आशा बाल बिकास सेवा सिबिआरको आर्थिक सहयोग र चौरजहारी नगरपालिकाको समन्वयमा खाध्यान्न बितरण कार्य गरिएको हो । तिहारलाई लक्षित गरि चौरजहारी नगरपालिका भित्रका १४ वटा वडामा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिका परिवार, दैनिक ज्याला मजदुरी गर्ने ब्यक्तिहरुलाई खाद्यान्न बितरण गरिएको हो । शुक्रबार देखि सुरु गरिएको खाद्यान्न बितरण कार्यक्रम मा नगर भित्र का १३० घरपरिवारलाई बितरण गर्ने लक्ष राखिएको सिबिआर सहजकर्ता सन्देश जैसिले जानकारी दिनु भयो । उक्त कार्यक्रममा प्रती परिवार १ बोरि चामल, दाल, नुन, चिनी तेल चियापत्ती बितरण गरिएको छ । तेसैगरी स्वास्थ्य सरसफाइ सामाग्री अन्तरगत नुहाउने साबुन लुगा धुने साबुन , मञ्जन, ब्रस , नङ्कट बितरण गरिएको छ । खाद्यान्न बितरणको दोस्रो दिन १,२,३,४,५,७,८ र ९ का ५८ जना घरपरिवार लाई खाद्यान्न बितरण गरिएको छ भने वडा न ६,१०,११,१२,१३ र १४ का ४५ घरपरिवारलाई सोमबार बितरण गर्ने कार्यक्रम रहेको जैशिले जानकारी दिनु भयो।