कर्णाली नदीको बाढीले खतराको सतह नाघेको छ । चिसापानी बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार नदीको सतह ११ मिटर नाघेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीमा पानीको सतह खतराको तह पार गरेर ११ मिटर पुुगेको जानकारी दिए । उनकाअनुसार कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ ।
लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको बताउँदै सूचना अधिकारी जोशीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको जनाए । उनले प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको समेत जानकारी दिए ।









