दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षेति पुर्याएको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले जिल्लाको विभिन्न क्षेत्रमा लगाएको धानबालीमा  ठूलो नोक्सानी पुर्‍याएको छ ।चौरजहारी नगरपालिकाको विभिन्न स्थानमा कतै धानबाली काट्ने काम भईरहेको र कतै धान काट्नका लागि तयारी भईरहेको बेला आइलागेको यो वर्षाले कृषकहरु अन्यौलमा परेका छन्।  धेरैजसो किसान दशैँ मानेर धान काट्ने तयारीमा थिए ।केही किसानले धान काट्न सुरु पनि गरेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्‍याएको छ ।

चौरजहारी नगरपालिका वडा नं. ८ का किसान डण्डविर रानाले वडा नं ७ मा रहेको आफ्नो २२ रोपनि जग्गामा लगाएको धान काटेर खेतमै छोडेका थिए उनि भन्छन धान काटिसकेका थियौ भित्र्याउने तयारी गर्दै थियौं तर एक्कासी वर्षा सुरु भयो ।वर्षभरिको मेहनत खेर गयो”  उनले भने ।चौरजहारी नगरपालिकाको जहारीखोला आसपासका क्षेत्र मेलैनाउली, नार्जि, खोलागाँउ, घुघुतिज्युला लगाएतका विभिन्न ठाउँमा धान काटेर भित्र्याउने कार्य सुरु भइरहेको छ ।

 

खेतमा धान पाकेकै बेला परिरहेको झरीले धेरै नोक्सान बेहोर्नु परेको कृषकले बताएका छन् । धान काटेर खेतमै छ आज भित्र्याउने तयारी थियो तर हिजो देखि भइरहेको वर्षाका कारण भित्र्याउन सकिएन वडा नं ८ का कृषक गंगा घर्तीले दुखेसोको गरिन।काटेको धान भिजेपछि फसल र पराल दुवै नराम्रो हुने गरेको उनि बताउँछिन्। लगातार पानी परेमा काटेको धान बारीमै कुहिनेर चौपट हुने चिन्ता किसानमा छ ।मौसम विज्ञान विभागले अझै केही दिन पानी पर्ने सम्भावना रहेको भनेका कारण पनि किसानहरु थप चिन्तामा परेका छन् । रुकुम पश्चिममा धान प्रमुख खाद्यान्न बाली मध्यको एक हो ।