रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रेस सेन्टर नेपालको कमिटी गठन भएको छ ।
सोमबार सम्पन्न मुसिकोट नगरपालिकाको प्रथम भेलाबाट नगर कमिटीको अध्यक्षमा दिपेन्द्र महतारालाई चयन गरिएको छ । जसको उपाध्यक्षमा फलिराम बिस्वकर्मा, सचीवमा लोकेन्द्र कठायत र कोषाध्यक्षमा खिमला पुन मगर चयन भएका छन् । मुसिकोटमा १५ सदससीय प्रेस सेन्टर नेपालको पालिका स्तरीय कमिटी निर्माण भएको हो ।
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले अहिले पालिका स्तरमा कमिटी निर्माण गरिरहेको छ । जस अनुसार सोमबार मुसिकोटमा गठन भएको हो । जिल्लाका ६ स्थानीय तह मध्य आठविसकोट नगरपालिकामा मात्रै प्रेस सेन्टरको कमिटी गठन गर्न बाँकी रहेको छ । यही कार्तिक १३ गते हुने जिल्ला सम्मेलनको तयारीका लागि पालिका स्तरमा कमिटी निर्माण भइरहेको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जनाएको छ ।









