रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रेस सेन्टर नेपालको पहिलो नगर भेला सम्पन्न भएको छ । पालिकामा रहेका पत्रकारहरुको भेलाले तिलक ओलीको अध्यक्षतामा १९ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा तृषा डाँगी, सचिवमा राजेन्द्र बिक र कोषाध्यक्षमा सुनिल थापा चयन भएका छन् । भेलाले नगरको नयाँ नेतृत्व चयन गर्नुका साथै कार्तिक १३ गतेका लागि तोकिएको जिल्ला सम्मेलनलाई सफल पार्ने निर्णय गरेको छ ।
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले चौरजहारीबाट पालिका स्तरमा पनि संगठन विस्तार सुरु गरेको हो । केन्द्रीय कमिटीको सर्कुलर अनुसार संगठनले जिल्लाका स्थानीय पालिकाहरुमा पनि संगठन विस्तारको काम सुरु गरिएको हो ।
जिल्लाका सबै पालिकामा संगठनको पालिका कमिटी निर्माण गरिने प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जनाएको छ ।।









