रुकुम पश्चिमका दुई नगरपालिकामा नेपाली काँग्रेसको नगर सभापति पदका लागि मतदान सुरु भएको छ ।

प्राप्त जानकारी अनुसार मुसिकोट नगरपालिकामा नगर सभापतिको लागि काँग्रेसका नेताहरु समिरजंग मल्ल र प्रेमबहादुर ओली बिचमा मतदान सुरु हुदैछ ।

त्यसैगरी चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली र भद्रबहादुर बिष्ट बिच सभापति पदको लागि मतदान हुदै छ ।

सहमतिको प्रयास बिफल भएपछि दुबै नगरपालिकामा मतदान मार्फत नगर सभापति चयन हुन थालेको हो ।