जाजरकाेट । जाजरकोट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखाली बाट शनिबार राती २ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा अधिकृत घर्ती सहित नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति सशी बुढा रहेका छन् । सभापति बुढा वडाध्क्ष समेत हुन् ।
पक्राउ पर्नेहरुको विवरण भने प्रहरीले सार्वजनिक गर्न मानेको छैन । #हाम्रोपहुच_अनलाइनबाट_साभार









