हेलो मध्यपश्चिमाञ्चल बिश्वबिद्धालयका इन्जिनियर संकायका क्याम्पस प्रमुख अनि  उपस्थित भिन्नभिन्नै पार्टीको सदस्यता पत्र बोकेर शिक्षण पेशामा पाल्नुहुने आदरणीय गुरुहरु । आशा छ सबैजना सन्चै हुनुहुन्छ होला ।

सम्पुर्णमा नमस्कार ।

यो हो “परिबर्तनको लागि हाम्रो आवाज ”

यहाँ परिबर्तन भन्ने शब्द भन्ने बित्तिकै पृथ्वीदेखी आकाशिय पिन्डसम्म झुलुङ्गे पुल जोड्छन क्या हो ….?

पार्टीको सदस्यता पत्र प्राप्त गरेर शिक्षण पेसामा प्रवेश गरेका हामिलाइ चुप लागेर सहयोग पो गर्छ्न कि ….?

बिश्वबिद्धालयमा भइरहेका निन्दनीय कुकार्यको बुलन्द आवाज उठाउने विद्यार्थीले रेस्टिकेट हुने डरले आवाज बन्द पो गर्छन कि लगायतका आदि थुप्रै प्रश्नहरु तपाइले सोचिरहनुभयको होला । यदि यस्तो सोचिरहनु भयको छ भने तपाई परिबर्तन हुन जरुरी छ । तपाइहरुका हरेक गल्तीहरुलाइ खबरदारी गर्न अनि विद्यार्थीका आवाज नसुनेर आफ्नै दम्ब र घमण्डमा चल्न थाल्नुभयो भने कानुनको बाटो समातेर तपाइका हर्कतहरुलाइ नियम र कानुन अनुसार जहाँ सम्म पुग्नुहुन्छ त्यहिसम्म पुर्याउने हिक्मत बोकेर उपस्थित भयका छौ । आशा छ सानो परिबर्तनको लागि उठायको यो बुलन्द आवजलाइ कत्ती पनि कन्जुस्याइँ नगरी स्विकारिदिनुहुनेछ । सुन्दा सामान्य र सरल लाग्ने तर तपाइहरुले गर्दा विद्यार्थीमथी शारिरिक, मानसिक , परिवारसम्म असर पर्नेगरी गरेका केही हर्कतहरु सुधार हुने अपेक्षा सहित यहाँ पस्कियको  छु है ।

(१) तपाइहरु को मिहिनेत कम तर गफ ठुला दिने कार्य बढी भयो । google बाट copy paste गरेको कुरा कक्षामा प्रोजेक्टरको माध्यामबाट सरर…. गुनगुनायर engineering course नै सक्काइदिने हिक्मत गर्नुहुन्छ । अनि गुरु यो तरिकाले त भयन , हामिलाइ बुज्न गाह्रो भयो भनेर प्रस्तुत हुदा …. । परिक्षामा हेर्लास …. n.q. हान्दिन्छु जस्ता धम्की पो दिनुहुन्छ । गुरु यो गलत सोचको धम्की सदाको लागि हटाइदिने पो हो कि….? 
(२) विद्यार्थी कक्षा कोठामा 5/10 मिनेट ढिला उपस्थित भय भने कारण नसोधेरै तेरो पाँच पुर्णाअन्क घटाइदिन्छु पो भन्नुहुन्छ । कहिलेकाही विद्यार्थीका समस्या सोधिदिने र बुझिदिने प्रयास पनि गरिदिनुहुन्थ्यो कि ….? 
(३)प्रत्येक बिषयको practical …. परिक्षा अघिनै हुनुपर्ने हइन र ? अनि परिक्षा सकिसकेपछी अर्को सेमिस्टारको पढाइ सुरु गर्न छोडेर एकैदिन ३-४ घन्टामा ३/४ वटा practical बनायर भोलिपल्टनै भाइबाको नाममा अनावश्यक pressure दियर कस्तो खालको प्रयोगात्मक ज्ञान दिन खोज्नुभएको ….. ? अब आउने सेमिस्टारलाइ यो हर्कत नगराइदिनुहोला । 
(४) विद्यार्थीहरुलाइ पार्टीगत दृस्ठिकोणले हेरेर विद्यार्थी बिचमै विभेद गरेर कस्तो खालको गुणस्तरिय  शिक्षा प्रदान गराउदै हुनुहुन्छ ? 
(५) तपाइहरु बिश्वबिद्धालयमा शिक्षण गराउन  कुनै राजनैतिक दलको झोले कार्यकर्ता भयर भन्दा आफ्नै बौद्धिकताको परिक्षण गरायर आयको भय कती राम्रो हुन्थ्यो होला है …. ? ( उपकुलपति ज्यु तपाइले आफ्ना कतिजना कार्यकर्ता भर्ती गराउनुभयो त ?  
(६) विद्यार्थीलाई शिक्षण गराउन आउनुपुर्ब तपाइहरुले पनि मिहिनेत गरेर आउनुहोला । परिक्षा हुनुभन्दा पहिलेनै विद्यार्थीलाई तनाबरहित तरिकाले पाठ्यक्रम सक्छु भन्ने मनसाय सहितको एउटा रुटिन अनिबार्य बनाउनुहोला । final exam को रुटिन आइसकेपछी नोट ग्रुप मेसेन्जरमा पठायर पाठ्यक्रम सक्काउने निछ मनसाय हटाइदिनुहोला ।

पाठ्यक्रम समयमा नसक्काउने अनि परीक्षा हलमा देखाउने हिटलर प्रबृत्तिलाई सचाउने गृहकार्य अहिलेदेखी नै सुरु गर्नुहोला । आशा छ विद्यार्थीलाई n.q हान्दिन्छु …… , रोक्न तलाइ …? जस्ता आदि धम्किहरुको प्रयोग गरि विद्यार्थी त्रसित बनाउनुहुनेछैन । र गुरुमा हुनुपर्ने इमान्दारिता अनि बौद्धिकता धज्जी उडाउनुहुनेछैन । अहिलेलाइ यत्ती आशा गरे । यी सामान्य केही लाइनहरुलाइ मनन गरिदिनुहोला । भबिश्य सार्थक बानाउन सहयोग गर्ने ब्यक्तिलाइ भन्दा भबिष्य बनाउन हिडेको यात्रीलाई बढी चिन्ता हुन्छ । त्यसकारण तपाइहरुले जसरी हाजिरी पुगेन , कलासमा ढिला आयो , अनावश्यक होहल्ला गर्यो , अनुशासनको पालन गरेन भनेर जस्ता थुप्रै कुराहरुलाइ आधार बनायर  रेस्टिकेट गर्ने नियम बनाउनु भयको छ हो सोही उक्त नियमलाइ पछ्याउँदै तपाइहरुले पनि अराजकता , विद्यार्थीका कुरा नसुन्ने,अनुशासन रहित अनि बिश्वबिद्धालयलाई पढाउनेको नाममा राजनैतिक थलो बनाउनुभयो भने तपाइहरुलाइ नियम र कानुनलाई पछ्याउँदै कानुन अनुरुप बिश्वबिद्धालयबाट सम्मानित ढङ्गले लखट्ने छौ । यो नइ विद्यार्थीको प्रतिबद्धता हो ।

आदरणीय गुरुहरु तपाइहरुको पनि हाजिरी लागिरहेको छ है । बाकी प्रक्रिया तपाइको प्रशासनले गर्ने छ र प्रशासनले नगरेको खण्डमा हामी विद्यार्थी स्वयमले गर्नेछौ ।सुन्दर सपना बोकि दृढ़ इच्छा शक्ति बोकेर बुवा आमाको छुट्टै सपना पूरा गर्ने उदेश्यले घर छोडेका हामी विद्यार्थीहरुलाइ सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा अनेक बहाना बनाइ लापरबाही नगरिदिनुहुन  क्याम्पस प्रमुख अनि मेरा आदरणीय गुरुहरुलाई विनम्र अनुरोध गर्दछु । सम्बन्धित विषयले तपाइहरुको मन मस्तिष्कमा पुगेर बाधा पुर्यायको भय माफ गरिदिनुहोला है ।

 

आदरणीय उपकुलपति नन्द बहादुर सिङ ज्यु लाई भेटेर केही बुदा राख्न पाउछु कि भनेर खोज्ने प्रयास जारी छ । उपकुलपतिको असली कार्यकर्ता जोकोहिले भेट्ने बातावरण मिलाइदिनुभयो भने आभारी हुने थिय । यो त केबल सुरुवात हो । मेरो बिश्वबिद्धालयको खानेपानी, सौचालयहरुको अबस्था , पुस्तकालय ,प्रयोगात्मक परिक्षण को कुरा, बिद्धालय राजनैतिक गर्ने ठाउँ हो कि …..? शिक्षा लिने दिने ठाउँ …..? अव्यवस्थित प्रशासन लगायतका थुप्रै बिषयहरुमा आगमी दिनहरुमा अबश्य भेट हुनेछ । नोट : म पढ्ने बिश्वबिद्धालयमा बम बारुद मिसायलहरु बनायर बिस्फोट बनान त सिकाइ हुदैन । तर विद्यार्थीहरुका कुरा सुनुवाइ भयनान र उचित मागहरु पूरा भयनान भने यहा बम बिस्फोट हुने निश्चित छ । शब्द ,बिचार ,नियम ,कानुनको बिचमा परेर बिस्फोट हुनबाट  बची सुरक्षीत हुन सम्बन्धीत सम्पुर्णमाम बिन्रम अनुरोध गर्दछु ।

 

फेरी भेट हौला ।                       

सम्पुर्ण विद्यार्थीको आवाज प्रस्तुत गर्ने उहीँ तपाइको अध्यनरत विद्यार्थी  – भरत ढकाल ।