आज विज्ञान र प्रविधिले विश्वलाई एउटा सानो गाऊ बनाई सकेको छ । विज्ञान र प्रविधिको विकासले देशको मुहार फेर्नुका साथै विभिन्न क्रियाकलापहरुमा आमुल परिवर्तन ल्याइरहेको छ। विज्ञान र प्रविधिको क्षेत्रलाई देश विकासको मेरुदण्डको रुपमा समेत लिन सकिन्छ! अहिले आएर हरेक क्षेत्रमा विज्ञान र प्रविधिको आवश्यकता बढी रहेको छ! विज्ञान र प्रविधिको क्षेत्रमा प्राध्यापक अमृत प्रसाद प्रधानको ठुलो योगदान रहेको पाइन्छ! उहाकै अगुवाईमा नेपालकै पहिलो विज्ञान कलेज पब्लिक साइन्स कलेज स्थापना हुन पुग्यो । अमृत प्रसाद प्रधानको स्मृति तथा पब्लिक साइन्स कलेजको स्थापना दिवसको रुपमा असोज १ गते राष्टिय विज्ञान दिवस मनाइन्छ । उहाको उत्प्रेरणाबाट नै आजको यो अवस्था सम्मा आउन सफल भएको छ । समय र परिवेश अनुसार विज्ञान र प्रविधिको विकास हुदै गएको देखिन्छ । संसारले विज्ञान र प्रविधिको क्षेत्रमा एक पछि अर्को सफलता प्राप्त गर्दै गईरहेको छ । सोही अनुसार विश्व परिवेश बदलिदै गईरहेको छ । विश्वव्यापी रुपमा विज्ञान र प्रविधि प्रतिको ज्ञान निर्देशित हुदै गईरहेको छ । यस्ता नवीनतम ज्ञान र प्रविधिको प्रयोगले समृद्ध राष्ट निमार्णमा योगदान पुर्‍याइरहेको छ । विज्ञान र प्रविधिको क्षेत्रलाई मावन जीवनसग जोड्दै जोडिदै आएको छ ।  अहिले हाम्रो बिचमा अधिक सङख्यामा विज्ञान र प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादन भईसकेको छ। जसले गर्दा प्रविधिको क्षेत्रमा अझै प्रगति गर्न हौसला प्रदान गरिरहेको छ!
विकसित देशहरुले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकका साथ अगाडि बढाई रहेका छन। नेपाल जस्ता विकासोन्मुख देशहरुले पनि यसतर्फ केन्द्रित हुदै गईरहेको देखिन्छ । विज्ञान र प्रविधिले नेपालको सामाजिक,आर्थिक विकासमा महत्वपुर्ण भुमिका खुल्दै आएको छ । विज्ञान र प्रविधिले देशको समग्र विकास प्रणालीमा सुधार गर्दै जनताको जीवनस्तर माथि उकास्दै गईरहेको छ । जसले गर्दा विश्वलाई समृद्धि हासिल गर्न थप सहयोग पुगेको छ! अहिले हामीले प्रयोग गर्दै आएका मोबाइल फोन, इन्टरनेट लगायतका सञ्जालहरु विज्ञान र प्रविधिकै देन हुन । यसलाई कसरी चलाउने, कसरी उपयोग गर्ने भन्ने कुरा नै प्रधान कुरा हो । यि र यस्ता सञ्जालहरु सकारात्मक रुपले प्रयोग गर्न सकेको खण्डमा समाज र राष्टलाई फाइदा पुग्ने देखिन्छ ।  विज्ञान र प्रविधिको क्षेत्रले आर्थिक, सामाजिक तथा मानवीय विकास गरी नेपाली समाजमा चेतनाको दियो बाल्ने निश्चित छ ।
पहिलेको समाज र अहिलेको समाजमा धेरै फरक छ । अहिले विस्तारै समाज प्रविधि तर्फ लम्किरहेको छ । अहिले बुढा हजुर बा हजुर आमाले समेत मोबाइल बोकिरहेको देख्छौ अनि सानो ८/९ वर्षको बच्चाले पनि मोबाइल इन्टरनेट चलाईरहेको देख्छौ ।  विज्ञानले यहा सम्मा फट्को मारि सक्यो । प्रविधिको क्षेत्रमा यस्ता थुप्रै उपलब्धीहरु हासिल भई सकेका छन । यस्ता उपलब्धीहरुलाई सरकारले प्रोत्साहन गर्न जरुरी छ! देशका विभिन्न ठाउहरुमा विभिन्न प्रविधिको क्षेत्रमा काम गर्ने वैज्ञानिकहरु रहेका छन । हवाईजहाज, कार लगायतका यन्त्र मेसिनरी औजारहरु निमार्ण गर्ने वैज्ञानिकहरु नेपालमै छन । उनीहरुको प्रतिभालाई प्रोत्साहन गर्न आवश्यक छ । उनीहरुको क्षमतालाई उपयोग गर्न आवश्यक छ । विकसित देशहरु चिन, अमेरिका, उत्तरकोरिया लगायतका देशहरु विज्ञान र प्रविधि मार्फत नै सफलता हात पारिरहेका छन । छिमेकी देश चिन कसरी हरेक क्षेत्रमा सफल भईरहेको छ । आज चिन कता तिर गईरहेको छ । उसले कस्तो खालको प्रविधिको प्रयोग गरेको छ । नेपाली विधार्थीहरुले निगरानी गर्न आवश्यक छ । नेताहरु विभिन्न देशको भम्रण गर्छन । तर ति भम्रणहरु उपलब्धिमुलक नभएको देखिन्छ । वास्तवमा भम्रण गर्नुको उद्देश्य भनेको देश देशबिच मिलमिलाप कायम गर्नु मात्र होइना । त्यहा कस्तो खालको प्रविधिको प्रयोग गरेको छ । कसरी विकसित हुदै छ भनेर हेरेर थाहा पाएर आफनै देशमा उत्पादन गर्नु पनि भम्रणको उद्देश्य हो!तर यसो हुन सकेको देखिदैन । यदि यसो गर्न सकेको खण्डमा देश विकासमा महत्वपुर्ण टेवा पुग्ने देखिन्छ! सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकता दिए तापनि ठोस योजना निति बन्न सकिरहेको छैन । विज्ञान र प्रविधि निती २०६१ जारी गरेको छ । तर अपेक्षित परिमाण प्राप्त गर्न सकिरहेको देखिदैन । ठोस योजना बनाएर कार्यावान्यन तहमा लैजानु पर्ने अहिलेको मुख्य चुनौति हो। नेपालमा थुप्रै दिवसहरु मनाइन्छ । तर ति दिवसहरु दिवसमै सिमित हुन्छन। दिवसकै दिन मात्र बोल्ने अधिपछि बिर्सने परिपाटी बढदो छ । भएको नितिलाई कार्यान्वायन गर्न जरुरी छ । उत्पादित जनशक्तिलाई उद्दमशीलताको प्रवर्द्धन गर्ने कार्यमा लगाउन आवश्यक छ । सातै प्रदेशमा विज्ञान र प्रविधि अनुसन्धान केन्द्र बनाउन आवश्यक छ । विभिन्न अन्तराष्ट्रियस्तरकै प्रतिष्ठित अध्ययन संस्थानहरु प्रदेशमै खोल्न आवश्यक छ  । र त्यसबाट उत्पादन हुने जनशक्तिलाई विदेशीन नदिई स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक छ । सरकार सन २०२१ मा विज्ञान प्रविधि र नवप्रर्वन वर्षको रुपमा मनाउने निर्णय गरेको छ । भएका योजना निति तथा निर्णयहरु कार्यान्वायन होस ।आगामी दिनहरुमा विज्ञान र प्रविधिको क्षेत्र झनै व्यापक होस ।