नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित भएका छन् । अमेरिकाको अमेरिकाको लास भेगासमा आइतबार सम्पन्न संघको नवौँ महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

संघको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने तथा कोषाध्यक्षमा झरना अधिकारी चयन भएका छन् । सचिवमा शंकर बहादुर थापा चुनिएका छन् ।  सदस्यहरूमा राजकुमार तामाङ (गोले), डा. डोल्मा लामा, यसोदा तिमल्सिना, जानु पंगेनी, दिपेन्द्र खड्का र डिल्लीबहादुर राउत चयन भएका छन्।

क्षेत्रीय संयोजकको रूपमा सृजना काफ्ले (डिसी मेट्रो), शान्तिराज राई (उत्तरपूर्व), दिपक दाहाल (पश्चिम) र ओम आचार्य (मध्य) चयन भएका छन्। महाधिवेशनमा अमेरिका भरिका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

नयाँ नेतृत्वले संस्थाको सशक्तीकरण, प्रवासी पत्रकारहरूको हकहित र नेपाली भाषा-संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्‍ने जनाएको छ। नेजाको नेतृत्व फेरिएसँगै प्रवासी नेपाली पत्रकारितामा नयाँ ऊर्जा थपिने विश्वास  समेत गरिएको छ।

यसैविच नेपाल अमेरिकी पत्रकार संघ (नेजा)का कार्यसमितिमा निर्वाचित सबैलाइ रिपोर्टर्स  क्लब अमेरिकाले बधाइ तथा सुभकामना ब्यक्त गरेको छ ।