रुकुम पश्चिमकाे मुसिकोट देखि रुकुम पूर्व हुदै काठमाडौं जाँदै गरेको बस निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिका अनुसार हाल सम्म  ७ जनाको मृत्यु र २५ जना घाइते भएको बताइएको छ ।

मृत्यु र घाइते हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्सिले बताएका छन । मृतक र घाइतेको उद्धारका लागि नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको निसीबाट डिल्ली सापकोटाले बताउनु भयो । बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको छ।

बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत एकिन भइनसकेको उद्धारमा खटिनु भएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।

थप विवरण आउन बांकि……