रुकुम पश्चिमको सदरमुकाम खलङ्गामा रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ । फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवबाट रुकुम पश्चिम र आसपासमा रहेका कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुहरूको प्रदर्शन गरी प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनहरूको पहिचान गरी बजार विस्तारको अभियान सुरु गर्ने, जिल्लाको लगानीको क्षेत्र र लगानीकर्ताहरूको पहिचान गरी रुकुम पश्चिम लगानी सम्मेलन वा सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गर्ने लक्ष राखिएको छ । महोत्सवको कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन भयाे ।  महोत्सवको आम्दानीबाट सङ्घको संस्थागत विकास सम्बन्धी गतिविधिहरू गर्ने र महोत्सवको आम्दानीबाट अक्षय कोष स्थापना गरी त्यसबाट सेवा गर्ने लक्ष समेत राखिएको छ

त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जडीबुटी जन्य, वन पैदावार खेती सम्बन्धी अभिमुखीकरण गोष्ठी, जलवायु परिवर्तन अनुकूलन गोष्ठीहरूको आयोजना गरी व्यवसायीकरण तर्फ लिने, जिल्लाका पर्यटकीय सम्भावना सम्बन्धी सम्मेलन आयोजना गर्ने र महोत्सवको आम्दानीबाट कृषि पर्यटन, उद्योग व्यापारका क्षेत्रमा काम गर्ने कामदार, मजदुर, कर्मचारीको सेवा सुविधा सुनिश्चितता र बेरोजगारहरूको अवस्था अध्ययन गरी रोजगार र स्वरोजगारमा लगाउनका लागि रोजगार बैङ्कको स्थापना गर्ने लक्ष राखिएको छ ।

IMG-20240301-WA00051709288189.jpg

महोत्सवमा पल शाह, धुर्मुस सुन्तली लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै स्थानीय उत्पादन समेत राखिने बताइएको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टल रहने छन् भने जिल्लाका अर्ग्यानिक उत्पादनहरू ढिँडो, सिस्नो, कोदोको रोटी, स्थानीय जातका कुखुरा, कालिजको मासु, स्थानीय आलु, दाल, तरकारी पनि पाइने बताइएको छ