ओली सरकार गतिहिन भयो: कांग्रेस नेता पौडेल

राजनीति

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको सरकारको कामबाट जनतामा निराशा छाएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा रहेपनि त्यो निराशामा परिणत भएको बताए।

नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी पनि गरे । उनले भने, ‘गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।’ प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताए। मिडिया डबलीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *