पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धताबाट सरकार पछि हटेको छैनः उपप्रधानमन्त्री पोखरेल

समाचार

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक पाँच हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकारपछि नहटेको बताएका छन् । पार्टीको चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिए अनुसार मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने भन्दै उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अव मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने बताए । उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि १ फागुन मा विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को घोषणा गर्ने जानकारी दिए ।

आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालयको भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले अरुले भनेजस्तो सरकार चुनावी घोषणा पत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धताबाट पछि नहटेको दावी गरे ।

काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिव ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरि सोही घरबाट वडा कार्यालयको काम सूरु गरिएको हो । बालुवाटारस्थित वडा भवन रहेको जमिनमा नयाँ वडा भवन निर्माणको काम सुरु गर्न लागिएकाले सो वडा कार्यालयको काम उक्त कब्जामुक्त गरिएको भवनबाट सुरु गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *