टीकापुरमा अनिता र अल्मोडाले नचाए दर्शक, २५ हजार भन्दा बढीले गरे महोत्सव अवलोकन

कला/मनोरञ्जन

यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर महोत्सव २०७५ को नवौं दिन महोत्सव अवधी भरिमै सबैभन्दा धेरै दर्शकले महोत्सबको अवलोकन गरेको दिन हो । शनिबार भएकाले पनि दर्शकहरुको उपस्थिति सोचेभन्दा पनि धेरै रहेको टीकापुर उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा एकैदिनमा २५ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको संघका उपाध्यक्ष सुरेन्द्र किशोर गिरिले बताए । उनले सोही दिनमात्र करिब ७ लाख २ हजार बराबरको टिकट बिक्री भएको जानकारी दिदै अब बाकी रहेका दुई दिन पनि सन्तोषजनक नै रहने बताए ।

महोत्सवको नवौं दिनमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त र स्थानीय स्तरमा चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । पछिल्लो समय चर्चित गायिकाका रुपमा चिनिने अनिता चलाउनेले आफ्नो सुमधुर र चर्चित गितहरुको प्रस्तुती मार्फत हजारौं दर्शकहरुलाई नचाएकी थिइन । तीन जना राष्ट्रिय कलाकार एकैदिन भएकाले उनले सबैभन्दा पहिला आफ्नो प्रस्तुती दिएकी थिइन । उनले प्रस्तुति दिदै टीकापुरका दर्शकहरु हरेक कलाकारलाई खुशी पार्न पहिलो नम्बर रहेको बताएकी थिइन । यस्तै सुदुरपश्चिममै चर्चित र देशब्यापी रुपमा चलेका देउडा गायक लालबहादुर धामी ९अछामी बड्डो०ले पनि बड्डो आयो डिजेमा भन्दै दर्शकहरुलाई नचाएका थिए । अर्का राष्ट्रिय कलाकार अल्मोडा उप्रेतीले पनि महोत्सवमा हंगामा नै मच्चाए । पानी पर्यो, कम्मरैको ट्याटु, इशाराले बोलाउनु पर्दैन लगायतका गितहरु दर्शकहरुले भरपुर मनोरञ्जन गरेका थिए ।

त्यस्तै उद्घोषिका एवं गायिका मञ्जु पौडेलले बारम्बार आफ्ना गितहरु गाउदै कुनै पनि दर्शकलाई अल्छी महसुस हुन दिएकि थिइनन । हरेक बर्ष झै यो बर्ष पनि महोत्सवमा उद्घोषिकाको रुपमा आएकी उनले सुरुकै दिनदेखि दर्शक तान्ने देखि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनेमा महत्त्वपूर्ण भुमिका निभाएकी छन । आठौं दिनमा राष्ट्रिय स्तरका चर्चित कलाकार चक्र बमले पनि हजारौं दर्शकहरुले नचाएजा थिए । महोत्सवको दशौं दिन चर्चित लोक गायक पशुपति शर्मा, मञ्जु पौडेल लगायतको प्रस्तुति रहेको छ । साथै स्थानीय कलाकारहरुलाई महत्त्वपूर्ण स्थानमा राखिएको संघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *