अछाममा दुई महिला सहित एक बर्षिया बालिका एक महिना देखि बेपत्ता

समाचार

दिनेश केशी ,अछाम । अछामको पन्चदेवल बिनायक नगरपालीका ५ लयांटीमा दुई महिला सहित एक बर्षिया बालिका एक महिना देखि हराएका छन । पन्चदेवल बिनायक नगरपालीका ५ लयांटी की ३० बर्षिया जिरा कडायत, उहाँकी एक बर्षिय छोरी र १८ बर्षिया रत्ना कडायत पौष २० गते घरबाट दैलेखको राकम बजार जान्छु भनेर गएका र त्यसपछि बजारबाट घर नफर्किदा घरपरिवारबाट खोजीकार्य सुर गरिएको थियो ।

प्रहरी प्रशासन देखि सबै ठाउमा खोजि गरि दिन आग्रह गरे पनि अहिले सम्म पत्ता नलागे पछी उहांका श्रीमान निकै चिन्तित बनेका छन । हराएकी जिरा कडायतको माइती घर आठबिस नगरपालीका ४ भेल्तडी रहेको र माइती पक्षलाई सोध्दा उक्त जिरा का बुबा पनि बेपत्ता रहेको बताईएको छ ।

यता रत्नकलाका श्रीमान श्रीमती हराएपछि खाजीकार्य गरिदिन भनि प्रहरी प्रसासन लगायत अन्य ठाउंमा जानु भयो तर कतै अत्तोपत्तो नलागेपछि उनि श्रीमतीकै खोजिकार्यकालागी भारत जानु भएको छ ।

उता जिराकी अर्की २ बर्षिय छोरी घरमा आमा नहुदा रात दिन रोएर बसेको र उहांका श्रीमान पनि श्रीमती हराएदेखि मरितुल्य हुनु भएको छ । हराएकी जिरा कडायत र रत्ना कडायत सासुबुहारी रहेको बताईएको छ । भेटाउने महानुभावले नजिकैको प्रहरी चौकी र सम्पर्क नम्बर ९१२५१९५२ मा सम्पर्क गरिदिन उहांका आफन्तले आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *