काठमाडाैं । मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारले कात्तिक ६ गते चिकित्सा शिक्षा अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालय पठाएको थियो।
सरकारले अध्यादेश पठाएको २ हप्ता बित्दा पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हो।संविधानको धारा ११४ ले संसद चलेको अवस्थाबाहेक तत्काल केही गर्न आवश्यक परेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले प्रमाणीकरण गर्न अझै समय बाँकी रहेको जानकारी दिनु भयो । संसदले पठाएका विधयेक राष्ट्रपति कार्यालयले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि पठाउन सक्ने संवैधानिक व्यवस्था छ ।