दुई दशकदेखि बन्द मिसन अस्पताल सञ्चालन गर्न माग

समाचार स्वास्थ्य

पर्वत, १९ कात्तिक । करिब दुई दशकअघिदेखि बन्द पर्वतको मिसन अस्पताल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ हुवासमा रहेको अस्पताल अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको अस्पताल सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
विसं २०५० मा स्थापित १५ श्ययाको उक्त अस्पताल सञ्चालनमा कसैले चासो नदिएको गाउँलेले बताएका छन् । माओवादी जनयुद्धताका २०५८ सालदेखि अस्पताल बन्द भएको हो ।
स्थापना भएको सात वर्षसम्म सञ्चालनमा आएको अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । एडभान्टिस्ट फन्ट मिसर’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानी गरेर निर्माण गरेको उक्त अस्पतालका भवन र फर्निचर अहिले बेवारिसे बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *