त्रिशूली थ्री एको निर्माण तोकिएको समय अघि सक्न ताकेता

समाचार

काठमाडाैं, १९ कात्तिक। नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजना तोकिएको समय अघि नै सम्पन्न गर्न ताकेता गरेको छ ।
ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रवीण अर्यालसहितको टोलीले स्थगलत निरीक्षण गरी अर्को वर्षको हिउँदमा विद्युत उत्पादन गर्ने गरी काम गर्न निर्देशन दिएको हो ।
टोलीले आयोजनास्थलमै ठेकेदार कम्पनीहरु, भूकम्प र पहिरो क्षति पुर्याएको बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा पाएको नेपाली सेना र परामर्शदाता कम्पनीबीच बिस्तृत छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *