कांग्रेस नेता वनले पार्टी परित्याग गरे

राजनीति समाचार

भक्तपुर, कात्तिक १९ । पन्ध्र वर्षको उमेरदेखि नेपाली कांग्रेसमा रहेर विभिन्न विभागको नेतृत्व गर्दै आउनु भएका नेपाली कांग्रेस महासमिति सदस्य प्रवीण वनले पार्टी परित्याग गर्नुभएको छ ।
निरन्तर रुपमा सच्चा मनले पार्टीमा काम गर्ने कर्मठ योद्धा कांग्रेसमा आवश्यक नभएको महसुस गर्दै नेपाली काग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उहाँले घोषणा गर्नुभएको छ ।
५७ वर्षका वनले आफू साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणासहितको राजिनामा नेपाली कांग्रेस भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापालाई बुझाएको उहाँले जानकारी दिनुभयो ।
वनले भन्नुभयो ‘सिक्किम भारतमा विलय हुँदा म नौ कक्षामा पढ्ने त्यतिबेला म १५ वर्षको थिएँ, त्यसबेलाको जुलुसमा मैले कांग्रेसले निकालेको विरोध ¥यालीमा भाग लिएर कांग्रेसको राजनीति सुरु गरेको हुँ ।’
पटक पटक आन्दोलनमा सहभागि हुदाँ तीन वर्ष भन्दा बढी जेल सजाय भोग्नु भएका उहाँले पार्टीमा २०४२ को वागमती अञ्चल सत्याग्रह प्रचार समितिको सदस्य, त्रि–चन्द्र कलेजको स्ववियु सदस्य, पार्टीको महासमिति सदस्य, पार्टीको भक्तपुर जिल्ला समितिको उपसभापति, जिल्ला समिति सदस्य, पार्टीको भक्तपुर प्रवक्ता, २०७० सालको निर्वाचनमा प्रचार समितिको संयोजक, संगठन विभाग प्रमुख, भातृ संगठनहरुको नेतृत्व समेत लिदै, वर्तमान समयमा महासमिति सदस्य रहेको उहाँले जानकारी दिनुभयो ।
आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा उम्मेदवारीको आंकाक्षी रहँदै आउनु भएका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *