भारतीय ३ सुटर पक्राउ

छिमेक समाचार समाज

पोखरा। दुई भारतीय काठमाडौंको कमलादीबाट पेस्तोलसहित पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले पोखराको सिद्धार्थ चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको प्रहरीले परिचय खुलाएको छैन । कास्की प्रहरीले भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ परेको जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *