कांग्रेसले चुनाव जित्नै पर्छः महामन्त्री डा. कोइराला

राजनीति समाचार

नवलपरासी, १८ कात्तिक। नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले नेपाली कांग्रेसले जुनसुकै हालतमा पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनाव जित्नुपर्ने टिप्पणी गर्नुभएको छ ।
बर्दघाट सुस्ता पूर्वको नवलपुर को निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा उठेका महामन्त्री कोइरालाले आज गैँडाकोटमा आयोजीत चुनाव लक्षीत चियापान कार्यक्रममा बोल्दै जुनसुकै अवस्थामा पनि कांग्रेसले जित्नुपर्ने बताउनु भयो ।
तेस्रो पटक सोहि क्षेत्रबाट चुनावमा उठेका कोइरालाले बाम गठबन्धनले दुई तिहाई मत ल्याएर संविधान परिवर्तन गर्न एक भएको आरोप पनि लगाउनु भएको छ ।
नेपाली कांग्रेसको सरकारले संविधान ल्याएको र यसको कार्यन्वयका गर्न र संविधानलाई बचाउन पनि कांग्रसले चुनाव जित्नै पर्ने उहाँको तर्क थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *